लेख विवरण

एकै ओभरमा सात छक्का प्रहार गर्दे ऋतुराजले बनाए विश्वकीर्तिमान

एकै ओभरमा सात छक्का प्रहार गर्दे ऋतुराजले बनाए विश्वकीर्तिमान

काठमाडौं । भारतीय युवा क्रिकेटर ऋतुराज गायकवाडले क्रिकेट खेलको एकै ओभरमा सात छक्कासहित ४३ रनको विश्वकीर्तिमान बनाएका छन । भारतमा जारी विजय हजारे ट्रफीमा महाराष्ट्र टोलीको कप्तानी समेत गरेका गायकवाडले सोमबार एकै ओभरमा यस्तो कीर्तिमान बनाएका हुन ।

ओपन गायकवाडले उत्तर प्रदेशविरुद्ध लिस्ट ‘ए’ क्रिकेटमा प्रतियोगितामा बनाएको यस कीर्तिमानको अहिले विश्वभर चर्चा भएको छ । उनले ४९औँ ओभरमा उत्तर प्रदेशका शिव सिंहलाई पहिलो, दोस्रो, तेस्रो र चौथो बलमा लगातार चार छक्का प्रहार गरेका थिए ।

त्यसपछि पाँचौँ बलमा पनि उनले छक्का प्रहार गरे । तर, पाँचौँ बल नो बल भएपछि उनले प्राप्त अर्को बल र अन्तिम बलमा समेत छक्का हान्दै इतिहास रचे । क्रिकेट इतिहासमा मान्यता प्राप्त खेलमा एकै ओभरमा सात छक्का भएको पहिलो पटक हो ।

गायकवाडले भारतबाट एक एकदिवसीय र टी–२० दुवै अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका छन । भारतको चर्चित फ्रेन्चाइज लिगमा उनी चेन्नई सुपर किंग्सबाट खेल्दै आएका छन ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.