लेख विवरण

एचएचसीए र भ्याली पब्लिक फाइनलमा

एचएचसीए र भ्याली पब्लिक फाइनलमा

काठमाडौं । एचएचसीए र भ्याली पब्लिक पाँचौं बीएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर छात्र तर्फ फाइनल प्रवेश गरेका छन् ।

मंगलबार भएको खेलमा एचएचसीएले ग्रिनल्यान्डलाई २६–२२ ले पराजित ग¥यो । एचएचसीएका सन्तोष शाहीले १५ अंक जोडे । भ्याली पब्लिकले एन्जल्स हार्टलाई ४५–२८ ले हरायो । भ्याली पब्लिकका सुशान्त चौधरीले १५ स्कोर गरे ।

जुनियर छात्र तर्फ इडेन ब्रिज एकेडेमी (इबीए) र एन्जल्स हार्टले उपाधि भिडन्त पक्का गरे । इबीएले ग्रिनल्यान्डमाथि २२–१० को जित दर्ता ग¥यो । इबीएका एलेक्स राईले १० अंक जोडे । एन्जल्स हार्टले स्काइलार्कलाई १५–८ ले पाखा लगायो । एन्जल्स हार्टका प्रतीक कँडेलले ८ अंक बटुले ।

सिनियर छात्रा तर्फ पनि भ्याली पब्लिक उपाधिनजिक पुगेको छ । भ्याली पब्लिकले एचएचसीएलाई ३१–८ ले सहजै पन्छ्याउदै ग्रिनल्यान्डसंग फाइनल भेट पक्का ग¥यो । ग्रिनल्यान्डकी लोरिशा गौचनले १४ स्कोर गरिन् ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.