लेख विवरण

एटीएफ यु–१४ टेनिस : शिभाली र आद्या पौडेल फाइनलमा

एटीएफ यु–१४ टेनिस : शिभाली र आद्या पौडेल फाइनलमा

काठमाडौं । नेपालका शिभाली गुरुङ र आद्या पौडेल २० औं जयकर स्मृति एटीएफ यु–१४ टेनिस प्रतियोगिताअन्तर्गत सर्किट– १ को गल्र्स सिंगल्समा बिहीबार फाइनलमा प्रवेश गरेका छन् । दुवैले आफ्नै राष्ट्रका खेलाडीलाई पराजित गर्दै उपाधि भिडन्त पक्का गरेका हुन् ।

सातदोबाटोस्थित टेनिस कोर्टमा शिभालीले प्रशंसा मोक्तानलाई ७–५ र ६–० तथा आद्याले स्वस्तिाका विष्टलाई ६–१, २–६ र ६–३ को सेटमा पराजित गरे ।

ब्वाइज सिंगल्समा नेपालका आयुशमान हजुर घलेले बंगलादेशका मोहम्मद तन्विर मुन तुसारलाई ६–३ र ६–३ तथा भारतका भिभान मिर्धाले भारतका जिबुलाई ६–४ र ६–० को सोझो सेटमा हराए ।

ब्वाइज डबल्समा हङकङका छुइन हेइ करिसन फुङ र छियोङ मोरिस ताङको जोडीले बंगलादेशका मोहम्मद अली होसेन र मोहम्मद तन्विर मुन तुसारको जोडीलाई ६–२ र ६–२ को सोझो सेटमा पाखा लगाउदै फाइनलमा स्थान पक्का गरे ।

गल्र्स डबल्समा नेपालका प्रशंसा मोक्तान र आद्या पौडेलको जोडीले भारतका प्रेरणा सन्ट्रा र सान्भी रेडी भ्युन्द्यालाको जोडीलाई ५–७ र ६–१ (१०–६)ले पन्छ्याउदै फाइनलमा पुगे ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.