एडेन मार्कराम दक्षिण अफ्रिकाको नयाँ टी–२० कप्तान
काठमाडौंँ । एडेन मार्कराम दक्षिण अफ्रिकाको नयाँ टी–२० कप्तान बनेका छन् । यसैबीच क्रिकेट दक्षिण अफ्रिका (सीएसए)ले सिमित ओभर क्रिकेटका लागि जेपी डुमिनीलाई ब्याटिङ र रोरी क्लाइनवेल्टलाई बलिङ प्रशिक्षकमा नियुक्त गरेको छ। टेम्बा बाभुमाको स्थानमा मार्करामलाई टी–२० टोलीको कमाण्ड दिइएको छ ।
बाभुमालाई यसै महिनाको अन्त्यमा हुने वेस्ट इन्डिजविरुद्धको घरेलु टी–२० सिरिजका लागि टोलीबाट हटाइएको छ । यता प्रशिक्षकमा डुमिनीको नियुक्ति स्थायी भएपनि क्लाइनवेल्डलाई वेस्ट इन्डिज बिरुद्धको सिरिजका लागि मात्र ल्याइएको छ।
सिमित ओभरका नयाँ प्रशिक्षक रोब वाल्टर र दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिसबीचको वार्ता सफल हुन नसकेपछि डु प्लेसिसलाई टी–२० टोलीमा समावेश नगरिएको हो । डु प्लेसिसले सन् २०२१ को फेब्रुअरीमा टेस्ट क्रिकेटबाट सन्यास लिएपनि टि(२० प्रतियोगितामा सक्रिय रहेका थिए। उनले वाल्टरको निर्देशनमा अन्तर्राष्ट्रिय क्रिकेटमा फर्कर्ने चासो देखाएका थिए।
मार्करामले भर्खरै सनराइजर्स इस्टर्न केपलाई आफ्नो कप्तानीमा पहिलो पटक एसए २० को उपाधि जिताएका थिए। उनले दक्षिण अफ्रिकाको अन्डर(१९ स्तरमा कप्तानी समेत गरेका छन् । फास्ट बलर एन्रिच नोर्खी र कागिसो रबाडालाई मार्च १६ देखि सुरु हुने एकदिवसीय सिरिजका लागि विश्राम दिइएको छ । फास्ट बलर जेराल्ड कात्जी, ब्याट्सम्यान टोनी डी गोर्जी र ट्रिस्टन स्टब्स पहिलो पटक एकदिवसीय टोलीमा परेका छन् ।
पहिलो दुई एकदिवसीय खेलका लागि दक्षिण अफ्रिकी टोलीः टेम्बा बाभुमा (कप्तान), गेराल्ड कात्जी, क्विन्टन डी कक, टोनी जोर्जी, ब्योर्न फर्च्युन, रीजा हेन्ड्रिक्स, सिसान्डा मगला, केशव महाराज, भियान मुल्डर, लुंगीसानी एनगिडी, रायन रिचेल्टन, एडेले फेहुकवाब्स, रयान रिचेलटन , लिजार्ड विलियम्स र रसी भान डेर डुसेन ।

टिप्पणी लेख्नुहोस्