लेख विवरण

एथलेटिक्स मिटको तयारी पूरा

एथलेटिक्स मिटको तयारी पूरा

काठमाडौं । एथलेटिक्स परिवार नेपालले माघ २२ र २३ गते आयोजना गर्ने गोल्डेन एथलेटिक्स मिटको सम्पुर्ण तयारी पुरा भएको छ । नेपाल एथलेटिक्स संघको सहकार्यमा सञ्चालनहुने यस प्रतियोगितामा महिला र पुरुषमाविभिन्न २७ वटा ट्रयाक र फिल्ड इभेन्टमा ३ सय खेलाडीले प्रतिस्पर्धा गर्ने पक्का भएको छ ।

प्रतियोगितामा विभिन्न ७ प्रदेश र विभागीय टिमका खेलाडी सहभागी छन् । प्रतियोगितालाई नेपालएथलेटिक्स संघ, राष्ट्रिय खेलकुद परिषद् राखेप, प्रदेश खेलकुदविकास परिषद् बागमती र विभिन्न ब्यवसायीक संस्थाले सहयोग गरेका छन् । प्रतियोगिताको उद्घाटन भोलि माघ २२ गते बिहान १० बजे दशरथ रंगशालामा हुनेछ ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.