एनबीएमा लेब्रोन जेम्सले रचे इतिहास
काठमाडौंँ । लेब्रोन जेम्सले नेशनल बास्केटबल एसोसिएशन (एनबीए) लिगमा इतिहास रचेका छन। उनी प्रतियोगिताको इतिहासमै सर्वाधिक अंक बनाउने खेलाडी बनेका छन् । उनले अमेरिकाका करीम अब्दुल जब्बारको कीर्तिमान तोडेका छन् । लस एन्जलस लेकर्स स्टार लेब्रोनले ओक्लाहोमा सिटी थन्डर विरुद्ध ३८ अंक बनाए। यद्यपि, उनको टोली १३०–१३३ ले पराजित भयो।
सन् १९८९ मा अब्दुल जब्बारले ३८ हजार ३८७ अंकको कीर्तिमान बनाएका थिए । उनले सन् १९८४ अप्रिलमा सर्वाधिक अंक बनाएका थिए। त्यसको आठ महिनापछि लेब्रोन जेम्सको जन्म भएको थियो। जेम्सले भने, 'करीमजस्ता दिग्गज र महान व्यक्तिहरूको श्रेणीमा सामेल हुनु मेरो लागि धेरै महत्त्वपूर्ण छ।' लेब्रोनलाई यो कीर्तिमान तोड्न ३६ अंक आवश्यक थियो। उनले खेलको तेस्रो क्वाटरमा कीर्तिमान तोडन सफल भए । लेब्रोनको अहिले कुल अंक ३८,३९० हरेको छ ।
रेकर्ड तोडेपछि भावुक हुँदै लेब्रोनले आफ्नो दुवै हात उठाएका थिए। त्यस क्रममा लेकर्सको होम कोर्टमा उपस्थित अब्दुल जब्बारले उठेर ताली बजाएका थिए । जब्बारले लेकर्सबाट पनि खेलेका थिए ।
लेब्रोनले कीर्तिमान तोड्दा खेल केही समय रोकिएको थियो । खेलको क्रममा उनको परिवारका सदस्यहरू आमा, श्रीमती र तीन छोराछोरीहरू पनि उपस्थित रहेका थिए । लेब्रोनले आफ्नो करियरको १४१० औं खेलमा जब्बारको कीर्तिमान तोडे । यो जब्बारले खेलेको खेलभन्दा १५० म्याच कम हो ।
करीम अब्दुल जब्बार एक महान बास्केटबल खेलाडी हुन्। उनी सन् १९८४ अप्रिल ५ मा सर्वाधिक अंक प्राप्त गर्ने खेलाडी बनेका थिए । त्यसपछि उनले १९८९ मा ३८,३८७ अंकका साथ खेलबाट सन्यास लिएका थिए। जब्बारको कीर्तिमान सदा कायम रहने विज्ञहरुको विश्वास थियो । कार्ल मालोन (१४५९ अंक), कोबे ब्रायन्ट (४७४४ अंक) र माइकल जोर्डन (६०९५ अंक) ले खेलबाट सन्यास लिएका थिए। लेब्रोनले जब्बारभन्दा अगाडिका बाँकी खेलाडीहरूलाई उछिन्दै २० औं सिजनमा जब्बारजस्तै आफ्नो इतिहास रचे।

टिप्पणी लेख्नुहोस्