लेख विवरण

एनसेल बाह्रखरी गल्फ फागुन १३ र १४ मा धरानमा हुने

एनसेल बाह्रखरी गल्फ फागुन १३ र १४ मा धरानमा हुने

धरान । बाह्रखरी मिडियाले आगामी फागुन १३ र १४ अर्थात् फेब्रुअरी २५ र २६ मा प्रदेश एकको धरानमा कर्पोरेट गल्फ प्रतियोगिता आयोजना गर्ने भएको छ । आइतबार धरानस्थिति गल्फ कोर्समा आयोजित पत्रकार सम्मेलनमा यसबारे जानकारी गराइएको हो ।

गोकर्ण गल्फ क्लबका प्रबन्धक दीपक आचार्यले प्रतियोगितामा धेरै खेलाडीलाई यसअघि सहभागि गराउन नसक्दा दुई दिन आयोजना गरिएको बताए । उनले ९ होलको कोर्स भएकाले एउटा सेसनमा ५४ भन्दा बढी खेलाडीलाई सहभागि गराउन समस्या हुने हुँदा दुई दिन प्रतियोगिता आयोजना गर्नुपरेको बताए ।

उनले विभिन्न विधामा पुरस्कार दिइने बताए । ६० वर्षमाथिका विजयी खेलाडीलाई पनि पुरस्कारको व्यवस्था रहेको जानकारी गराउँदै यसको आकर्षक भनेकै गोल्डेन बल रहेको बताए । उनले यसपल्ट धरानमा खेलाडीहरुले मनोरञ्जन पाउनुहुनेछ भन्ने लागेको बताए ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.