एन्जल्स हार्टको दुवै टोली अन्तरविद्यालय बास्केटबलको सेमिफाइनलमा
काठमाडौं । एन्जल्स हार्टको दुवै टोली पाँचौं बीएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमवार भएको खेलमा एन्जल्स हार्टको सिनियर र जुनियर ब्वाइज टोली सेमिफाइनलमा पुगेको हो ।
बसुन्धारास्थित श्री समाज सामुदायिक भवनको कोर्टमा भएको सिनियर ब्वाइजको क्वाटरफाइनलमा एन्जल्स हार्टले स्किब्सलाई ३७–३२ ले पराजित ग¥यो । एन्जल्स हार्टका लिजेन्ड क्षेत्रीले १६ अंक जोडे ।
जुनियर ब्वाइजमा एन्जल्स हार्टले ओडिसीलाई १४–४ ले हरायो । विजेताका प्रतिक कँडेलले ६ स्कोर गरे । यही स्पर्धामा ग्रिनल्यान्डले भ्याली पब्लिकलाई १५–११ ले पाखा लगायो । ग्रिनल्यान्डका कुशल खतिवडाले ६ अंक जोडे । सेमिफाइनलमा एन्जल्स हार्टको भेट स्काइलार्कसँग हुनेछ भने ग्रिनल्यान्डले इडेन ब्रिज एकेडेमी (इबीए) विरुद्ध खेल्ने छ ।
सिनियर ब्वाइजमै एचएचसीए, भ्याली पब्लिक र ग्रिनल्यान्ड पनि सेमिफाइनलमा पुग्न सफल भए । एचएचसीएले लालीगुराँसलाई २६–२२, भ्याली पब्लिकले गोल्डेनपिकलाई ३६–२९ र ग्रिनल्यान्डले आयोजक बसुन्धारा नेसनल एकेडेमी (बीएनए) लाई ४७–४४ ले पन्छाए । सेमिफाइनल एन्जल्स हार्ट र भ्याली पब्लिक तथा एचएचसीए र ग्रिनल्यान्डबीच हुनेछ ।

टिप्पणी लेख्नुहोस्