एन्फाका उपाध्यक्षसहित तीन सदस्यले बुझाए ‘नोट अफ डिसेन्ट’
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को गत वैशाख २५ गते बसेको आपतकालिन कार्यसमिति बैठकले पारित गरेको आर्थिक एजेन्डाको विषयमा असहमति जनाउँदै एन्फाका उपाध्यक्षसहित तीन सदस्यले ‘नोट अफ डिसेन्ट’ बुझाएका छन् ।
बैठकको निर्णयप्रति असहमति जनाउँदै एन्फामा ‘नोट अफ डिसेन्ट’ बुझाउनेमा एन्फा उपध्यक्ष विराटजंग शाही केन्द्रिय सदस्यहरु रुपेश अधिकारी, रविन्द्र चन्द ठकुरी र भोजराज शाही छन् । उनीहरुले एन्फा महासचिव किरण राईलाई ‘नोट अफ डिसेन्ट’ पत्र बुझाएका हुन ।
वैशाखमा बसेको एन्फा कार्यसमितीको आकस्मिक बैठकले सन् २०२३ का लागि ६७ करोड आठ लाख १५ हजार रुपियाँ बजेट परिमार्जन सहित पारित गर्ने, फिफाको सहयोगमा प्राप्त हुने फिफा फरवार्ड प्रोजेक्ट फन्डिङको बजेट अपरेशन शिर्षकमा रहेको बजेट रकमान्तरण गर्न फिफालाई अनुरोध गर्ने लगायत निर्णय गरेको थियो ।
‘नोट अफ डिसेन्ट’ बुझाएका पदाधिकारीले बजेट फुटबलको विकाशमा भन्दा प्रशासनिक खर्चमा केन्द्रित भएको उल्लेख गरेका छन् । फिफाबाट पुर्वाधार निमार्ण, ग्रासरुट डेभलपमेन्ट लगायत शीर्षका आएको बजेटलाई रकमान्तरण गरेर आफुखुशी कार्यक्रममा लगानी गर्ने निर्णय गरिनु आपत्ति जनक भएको बताईएको छ ।

टिप्पणी लेख्नुहोस्