लेख विवरण

एन्फाको केन्द्रिय निर्वाचनमा गुरुङद्वारा उम्मेदवारी फिर्ता

एन्फाको केन्द्रिय निर्वाचनमा गुरुङद्वारा उम्मेदवारी फिर्ता

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को केन्द्रिय निर्वाचनमा सदस्य पदका लागि उम्मेदवारी दिएका कृष्णमुरारी गुरुङले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन । हाम्रो फुटबल नेपालमार्फत फुटबल गतिविधिमा सक्रिय गुरुङले शनिबार पत्रकार सम्मेलन गर्दै आफूले उम्मेदवारी फिर्ता लिएको जानकारी गराएका हुन ।

‘फुटबल भित्रको गतिविधि हामीले सोचेकोभन्दा फरक रहेछ । त्यहाँ हुने कार्यक्रमहरु आफ्नो पहुचभन्दा बाहिरको विषय ठाने । लडाइमा जाने तर हतियार पनि आफूसँग नभएपछि त्यसको कुनै तुक नदेखेर उम्मेदवारी फिर्ता लिने निर्णय गरेको हुँ ।

उम्मेदवारी फिर्ता लिने समय सकिएकाले मेरो नाम भने एन्फामा रहिरहनेछ । तर, मैले नाम फिर्ता रहेकाले मेरो प्रतिस्पर्धा हुनेछैन । एन्फा निर्वाचनमा दुई प्यानल भएकोले प्यानलविना मैले जित्ने सम्भावना पनि छैन,’ गुरुङले भने । यसैगरी शुक्रबार नै पत्रकार सम्मेलन गर्दै सदस्य पदमा उम्मदवारी दिएका कुमार कटुवालले फुटबल विकासका लागि आफुलाई मत दिन सबैसँग आग्रह गरेका छन । उनले निर्वाचन जितेमा एन्फामा प्राप्त गर्ने सबै सुविधा र भत्ता खेलाडी कल्याण कोषमा जम्मा गर्ने प्रतिबद्धता पनि जनाएका छन ।

एन्फाको केन्द्रिय निर्वाचन असार ६ गते हुँदैछ । निर्वाचनका लागि बर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पा र उपाध्यक्ष पंकजविक्तम नेम्वाङले छुट्टा छुट्टै प्यानल बनाएर निर्वाचन लड्दै छन । अध्यक्षमा फ्रेन्ड्स क्लबका राजिव पौडेलले पनि उम्मेद्वारी दिएका छन ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.