एन्फाको पदाधिकारीद्धारा राजीनामा
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को बहालवाला पदमा रहेका व्यक्तिले असारमा हुने चुनावमा मताधिकार लिएर आउन नपाउने भएसँगै पदाधिकारीले राजीनामा बुझाएका छन् ।
भोलिबाट पदमा रहने व्यक्तिले भोट दिन नपाउने भएसँगै करिब एक दर्जन व्यक्तिले राजीनामा दिएको स्रोतले बताएको छ ।
राजीनामा दिनेमा उपाध्यक्षदेखि सहमहासचिव सहित सदस्य रहेका छन् ।
ुआगामी चुनावलाई केन्द्रित हुँदै राजीनामा बुझाइएको हो,ु एक उच्च पदाधिकारीले, ुराजीनामा स्वीकृत भएको छैन ।ु
जेठ १५ गते हुने तय भएको एन्फा चुनाव असार ६ गतेका लागि सारिसकेको छ । पुस २३ गते बसेको एन्फा कार्यसमिति बैठकले एन्फाको चुनाव जेठमा गर्ने निर्णय गरेको थियो ।

टिप्पणी लेख्नुहोस्