लेख विवरण

एन्फाले फुटबल एक्स्पो आयोजना गर्ने

एन्फाले फुटबल एक्स्पो आयोजना गर्ने

काठमाडौं । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले फागुन ४ र ५ गते फुटबल प्रदर्शनी (फुटबल एक्स्पो) आयोजना गर्ने भएको छ । एन्फाले पहिलोपटक फुटबल एक्स्पो आयोजना गर्न लागेको हो ।

एन्फाले आइतबार पत्रकार सम्मेलन गरी फुटबल एक्स्पो आयोजना गर्न लागेको जानकारी दिएको हो । फुटबललाई व्यावसायिक बनाउन र एक्पोमा व्यावसायिक घराना (कर्पोरेट हाउस) हरूलाई जोड्न एन्फा मुख्यालय सातदोबाटोमा फुटबल एक्स्पो आयोजना गरिन लागिएको एन्फाल जनाएको छ ।

एक्पोमा ‘ए’, ‘बी’ र ‘सी’ डिभिजन क्लबका स्टल तथा सेलीब्रेटी कलाकार र फुटबल सम्बन्धी अन्तरक्रिया कार्यक्रम पनि राखिने छ ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.