एन्फा उपाध्यक्ष राई धरान उपमहानगरपालिकाको मेयर उम्मेदवार
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष किशोर राई गठबन्धनको तर्फबाट धरान उपमहानगरपालिकाको मेयरको उम्मेदवार बनेका छन् । सत्ता गठबन्धनअन्तर्गत नेपाली कांग्रेसबाट राईले उम्मेदवार बनेका हुन् ।
राई एन्फाका मनोनित उपाध्यक्ष हुन् । २०७४ सालमा हालका एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पालाई जिताउन प्रदेश एकबाट उनी महत्वपूर्ण भूमिकामा थिए ।
यस्तै, राई एन्फा प्रदेश नम्बर एकका संयोजकसमेत हुन् । राई नेपाली कांग्रेस धरानका पूर्व नगर सभापति हुन् ।

टिप्पणी लेख्नुहोस्