एपिएफ पुरुष फुटबलको सेमिफाइनलमा
पोखरा । सशस्त्र प्रहरी बलको एपिएफ क्लब पुरुष फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत सोमबार दिउँसो भएको पुरुष फुटबल प्रतियोगिताको समूह (बी)को खेलमा एपिएफले बागमती प्रदेशलाई २–१ गोलअन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो ।
पोखराको लामाचौरस्थित गोस्तेघाट खेलमैदानमा भएको खेलमा बागमतीले सुरुआती अग्रता जोगाउन नसक्दा पराजय व्यहोर्नुप¥यो । पहिलो हाफको इन्जुरी समयको पहिलो मिनेटमै अभिषेक रिजालले गोल गर्दै बागमतीलाई सुरुआती अग्रता दिलाएका थिए ।
प्रतियोगिताको दोस्रो हाफ भने बागमतीको पक्षमा रहेन । खेलको ६५औँ मिनेटमा प्रदीप लामाले गोल गर्दै एपिएफलाई खेलमा फर्काए । त्यसको एक मिनेटपछि अर्थात् ७६औँ मिनेटमा नवीन लामाले गोल गर्दै एपिएफलाई अग्रता दिलाए ।

टिप्पणी लेख्नुहोस्