लेख विवरण

एपीएफ इटहरीमा जारी राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सेमिफाइनलमा

एपीएफ इटहरीमा जारी राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सेमिफाइनलमा

सुनसरी । बिभागीय टिम शसस्त्र प्रहरी बलको एपीएफ क्लब इटहरीमा जारी मुख्यमन्त्री कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । समुह चरणको दुइ वटै खेलमा सशप्रतिशत जीत निकाल्दै एपीएफले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो ।

मंगलबार बिहान भएको खेलमा एपीएफले आयोजक कोशी प्रदेशमाथी ३–० को सोझो सेटको जीत हात पार्यो । कोशी प्रदेशमाथी फराकिलो जीत हात पार्नेक्रममा एपीएफले २५–६, २५–६ र २५–४ को सहत जीत निकाल्यो ।

यसअघि सोमबार राती भएको उद्धघाटन खेलमा एपीएफले बागमती प्रदेशलाई ३–१ को सेटले पराजित गरेको थियो ।

सतप्रतिशत जीत निकालेको एपीएफ दुई खेलबाट ६ अंक सहित समुह ए को बिजेताको रुपमा सेमिफाइनल प्रवेश गरेका हो ।

 

राष्ट्रिय महिला भलिबलमा नेपाल पुलिस र एपीएफको बिजयी सुरुवात

टिप्पणी लेख्नुहोस्

Please Login to comment.