लेख विवरण

एफआईएच प्रो लिग हक्कीमा फ्रान्सले भारतलाई हरायो

एफआईएच प्रो लिग हक्कीमा फ्रान्सले भारतलाई हरायो

काठमाडौं । फ्रान्सको पुरुष हक्की टोलीले शनिबार भारतलाई ५–२ ले हराउँदै प्रो लिगमा पहिलो जित दर्ता गरेको छ । फ्रान्सका लागि भिक्टर चार्लोटले १६, भिक्टर लकउडले ५९, म्यासन चार्ल्सले ३५ र क्लेमेन्ट टिमोथीले ४८औं मिनेटमा गोल गरे । भारतका लागि जर्मनप्रीत सिंहले २२ र हरमनप्रीत सिंहले खेलको ५७ औं मिनेटमा गोल गरेका थिए ।

निकै सुस्त गतिमा सुरु भएको खेलको पहिलो क्वार्टरमा दुवै टोलीले राम्रो सुरुवात गरेका थिए । पहिलो १५ मिनेटमा दुवै टोलीले गोलका लागि संघर्ष गरेपनि खाता खोल्न सकेनन् । फ्रान्सेली टोलीले दोस्रो क्वाटरमा राम्रो सुरुवात गरेको थियो । खेलको १६औं मिनेटमा पेनाल्टी कर्नरको फाइदा उठाउँदै भिक्टरले भारतीय गोलकिपर पाठक बहादुरलाई चकित पार्दै गोल गरेर टोलीको खाता खोलेका थिए । खेलको २२ औं मिनेटमा भारतीय टोलीले जवाफी गोल फर्काएको थियो । जर्मनप्रीत सिंहले डिफेन्सलाई प्रहार गर्दै खाता खोलेका थिए । हाफ टाइमपछि खेल १–१ गोलको बराबरीमा थियो ।

तेस्रो क्वाटरमा फ्रान्सेली टोलीले आक्रमक सुरुवात गरेको थियो । ३५ औं मिनेटमा फ्रान्सेली टोलीका भिक्टर लकवुडले दबाबको फाइदा उठाउँदै फिल्ड गोल गरेर टोलीलाई २–१ को अग्रता दिलाएका थिए । खेलको चौथो क्वाटरमा फ्रान्सेली टोलीले थप तीन गोल गर्दै भारतीय टोलीको पुनरागमनका सबै ढोका बन्द गरेको थियो ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.