लेख विवरण

एभेन्सलाई जिनियस फुटसल उपाधि

एभेन्सलाई जिनियस फुटसल उपाधि

काठमाडौंँ । एभेन्सले दोश्रो जिनियस कप यु–१२ अन्तरविद्यालय छात्र फुटसल प्रतियोगिताको उपाधि जितेको छ ।

लुभूस्थित आयोजक जिनियस आइ.बि. वर्ल्ड स्कुलमा भएको फाइनलमा एभेन्सले प्रिमियर इन्टरनेसनल स्कुललाई ३–० गोलले पराजित ग¥यो । विजयी टिमका लागि सक्षम खरेलले २ तथा विरल थापाले १ गोल गरे ।

प्रतियोगितामा प्रिमियरका अबिम रोका मगर उत्कृष्ट खेलाडी घोषित भए । एभेन्सका योयिल तामाङ उत्कृष्ट गोलरक्षक चुनिए । युरो स्कुल, छाउनीका सत्भिक प्रधान प्रतियोगिताकै सर्वाधिक गोलकर्ता बने । उनले प्रतियोगिताभर ११ गोल गरे । युरो स्कुल, कोटेश्वरले अनुशासित टिमको उपाधि हात पा¥यो ।

विजेतालाई महालक्ष्मी नगरपालिकाका मेयर हरिगोविन्द श्रेष्ठ, जिनियसका चेयरम्यान नवीनकुमार जोशी, जिनियसका कार्यकारी निर्देशक एवं प्रिन्सिपल राजेशकुमार जोशी, जिनियसका शिक्षा प्रमुख प्रदीप वज्राचार्य, प्रतियोगिता संयोजक राजेन्द्र कुँवरलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

एकदिने प्रतियोगितामा ११ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए । पहिलो संस्करणको उपाधि स्वस्तिश्रीले जितेको थियो ।

जिनियसका प्रिन्सिपल जोशीले उमेरसमूहकै प्रतियोगिताबाट भविष्यका प्रतिभावान खेलाडीको पहिचान गर्न सकिने भएको हुँदा यु–१२ उमेरसमूहको प्रतियोगिता आयोजना गरिएको बताए ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.