लेख विवरण

एमबाप्पे फ्रान्स टोलीको नयाँ कप्तान नियुक्त

एमबाप्पे फ्रान्स टोलीको नयाँ कप्तान नियुक्त

काठमाडौंँ । फ्रान्सले स्टार स्ट्राइकर केलियन एमबाप्पेलाई आफ्नो टोलीको नयाँ कप्तान नियुक्त गरेको छ । एम्बाप्पेले पूर्व कप्तान ह्युगो लोरिसको स्थानमा कप्तानी सम्हाल्नेछन् । गत वर्ष फिफा विश्वकपको फाइनलमा पराजित भएपछि ३६ वर्षीय ह्युगोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका थिए । एम्बाप्पेले २४ वर्षको उमेरमा टोलीको नेतृत्व सम्हाल्नेछन् ।

फ्रान्सका अलावा एमबाप्पे पेरिस सेन्ट जर्मेनबाट पनि खेल्छन् र उनी पछिल्लो समय उत्कृष्ट लयमा छन् । एम्बाप्पेले फ्रान्सका प्रशिक्षक डिडिएर देसचाउसँगको कुराकानीपछि कप्तानको प्रस्ताव स्वीकार गरेका थिए । टोटनह्यामका गोलकिपर ह्युगोले गत जनवरीमा आफ्नो अन्तर्राष्ट्रिय करियर समाप्त गरेका थिए । ३६ वर्षीय लोरिस एक दशकभन्दा बढी समयदेखि फ्रान्सको कप्तान थिए।

गत डिसेम्बरमा अर्जेन्टिनासँगको हारपछि म्यानचेस्टर युनाइटेडका सेन्टर ब्याक राफेल भारानेले पनि राजीनामा दिएपछि एट्लेटिको मड्रिडका स्टार फरवार्ड एन्टोइन ग्रिजम्यानलाई फ्रान्सको उपकप्तानको जिम्मेवारी दिइएको छ । एमबाप्पेले फ्रान्सका लागि ६६ खेल खेलेका छन् भने ३६ गोल गरेका छन् । फ्रान्सलाई २०१८ मा विश्व च्याम्पियन बनाउन एम्बाप्पेको महत्वपूर्ण भूमिका थियो।

यस वर्ष फिफा विश्वकपको फाइनलमा फ्रान्स अर्जेन्टिनासँग पेनाल्टी सुटआउटमा पराजित भएको थियो । यद्यपि, एम्बाप्पेको प्रदर्शन अझै प्रभावशाली रह्यो र उनले तीन गोल गरे। एम्बापे फिफा विश्वकपको सर्वाधिक गोलकर्ता बनेका थिए । एम्बाप्पेले पीएसजीमा उपकप्तानको भूमिका पनि निर्वाह गरेका छन् ।फ्रान्सको कप्तानका रुपमा उनको पहिलो खेल शुक्रबार हुनेछ । जब फ्रान्सेली टोलीले युरो २०२४ को छनोटमा नेदरल्याण्ड्सको सामना गर्नेछ।

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.