एमसीसीको नयाँ अध्यक्षमा स्टेफन निर्वाचित
काठमाडौं । बेलायती अभिनेता तथा कमेडियन स्टेफन फ्राई एमसीसीको नयाँ अध्यक्ष बन्ने भएका छन् । बुधबार उनी नयाँ अध्यक्ष बन्ने घोषणा गरिएको हो । फ्राई क्रिकेट समर्थक हुन् र उनी एमसीसी फाउन्डेसनको संरक्षक समेत भइसकेका छन्। उनले वर्तमान अध्यक्ष क्लेयर कोनरको कार्यकाल समाप्त भएपछि अक्टोबर १ बाट पदभार ग्रहण गर्नेछन्।
सो अवसरमा उनले खुसी व्यक्त गर्दै एसएमसीसीको नयाँ अध्यक्षमा मनोनीत हुन पाउँदा गर्व लागेको बताए । 'यो एउटा यस्तो क्लब जुन क्रिकेटको लागि विश्वभर चिनिन्छ र यो भूमिका पाउनु मेरो लागि साँच्चै सम्मानको कुरा हो।'
फ्राईले अक्टोबरमा इङ्ल्यान्ड महिला टोलीका पूर्व कप्तान क्लेयर कोनरको स्थान लिनेछन्। सो अवसरमा बोल्दै उनले वर्तमान अध्यक्ष कोनरलाई अवसर दिएकोमा धन्यवाद दिए । उनले भने, म यो जिम्मेवारीको लागि पर्खिरहेको छु।” उनले विगतमा पनि एमसीसीसँग काम गरिसकेका छन्। उनले क्रिकेटका नियमहरू व्याख्या गर्ने क्रममा भिडियोहरू बनाएका थिए।
यस अवसरमा बोल्दै वर्तमान अध्यक्ष कोनरले भनीन, म स्टीफनलाई मेरो उत्तराधिकारीको रूपमा पाउँदा खुशी छु। उनीसँग क्रिकेटप्रति गहिरो माया र लगाव छ र उनी एमसीसीको उत्कृष्ट अध्यक्ष हुने मलाई विश्वास छ।'
उनले गत वर्ष आफूले दिएको काउड्रे लेक्चरलाई स्मरण गर्दै एमसीसी र क्रिकेट दुवैले सामना गरेका चुनौती र अवसरहरू आफूले धेरै हदसम्म बुझेको र क्लबले आफ्नो अनुभवबाट लाभान्वित हुने आशा व्यक्त गरे।
Introducing the next President of MCC...
— Marylebone Cricket Club (@MCCOfficial) May 4, 2022
Congratulations, @stephenfry.

टिप्पणी लेख्नुहोस्