लेख विवरण

एमसीसी माथि नेपाली महिला टोलीको फराकिलो जित

एमसीसी माथि नेपाली महिला टोलीको फराकिलो जित

काठमाडौं । नेपाल भ्रमणमा रहेको मेरीलेबोन क्रिकेट क्लब (एमसीसी) माथि नेपाली महिला टोलीले फराकिलो जित निकालेको छ ।

मुलपानी क्रिकेट मैदानमा सोमबार भएको खेलमा नेपालले एमसीसीलाई एक सय सात रनले हराएको हो । टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो दिएको नेपालले निर्धारित ४० ओभरमा नौ विकेटको क्षतिमा दुई सय १३ रन बनाएको थियो ।

दुई सय १४ रनको विजय लक्ष्य पछ्याएको एमसीसी ३२ ओभरमा सवै विकेट गुमाएर एक सय ६ रनमा समेटिएको थियो । नेपालका लागि ओपनरद्वय काजोल श्रेष्ठ र कन्चन श्रेष्ठ दुवैले अर्धशतकीय रन बनाइन । प्लेयर अफ दि म्याच घोषित काजोलले ५३ रन बनाइन ।

कन्चनले ५५ रन जोडीन । यस्तै कविता कुँवरले २७, सम्झना खड्काले २५ र कप्तान रुविना क्षेत्रीले १४ रन बनाइन । बलिङमा एमसीसीकी सबा नसिमले दुई तथा रेचल पोटर, एलिसा हबार्ड, इसाबेल गर्नी र सराह क्रेले एक एक विकेट लिइन् ।

सस्तैमा समेटिएको एमसीसीका लागि सबा नसिमले २१, जेनी कितजिंगरले १७, जोलेन फोस्टरले १५ र एलिसा हबार्डले १४ रन बनाइन । अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । एमसीसीटोलीले मंगलबार (आज) त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा नेपालको आईसीसी यू-१९ टोलीसँग प्रतिस्पर्धा गर्नेछ ।

नेपाल क्रिकेट संघ क्यानले यसअघि सार्वजनिक गरेको तालिका अनुसार एमसीसी टोलीले पोखरा रंगशालामा कार्तिक ११ र १२ गते क्यान ११ सँग टी-२० र ४० ओभरको खेल खेल्नेछ । कार्तिक १३ गते मिक्स-११ सँग टी-२० तथा अन्तिम खेल कात्तिक १५ गते क्यान-११ सँग ४० ओभरको खेल खेल्नेछ ।

May be an image of text that says "MCC WOMEN's TOUR TO NEPAL OCTOBER 24 NOVEMBER 1, 2022 KATHMANDU & POKHARA CAN DATE FIXTURES TIME OCTOBER 24 MONDAY MATCH 9:30 AM 40 OVERS VENUE OCTOBER 25 TUESDAY MCC vs MIXED XI 9:30 AM T20 MULPANI CRICKET GROUND OCTOBER 28 FRIDAY MCC vs ICC U19 9:30 AM T20 TU CRICKET GROUND OCTOBER 29 SATURDAY MCC vs CAN XI 10:00 AM 40 OVERS POKHARA RANGASHALA OCTOBER 30 SUNDAY MCC vs CAN XI 1:00 PM T20 POKHARA RANGASHALA NOVEMBER TUESDAY MCC vs MIXED XI 10:00 AM 40 OVERS POKHARA RANGASHALA MCC vs CAN XI @CricketAssociationofNepal POKHARA RANGASHALA /CricetAsociationONeaOficialCaN @CricketNep"

टिप्पणी लेख्नुहोस्

Please Login to comment.