लेख विवरण

एम्पुटी फुटबलमा पिस युनाइटेड च्याम्पियन

एम्पुटी फुटबलमा पिस युनाइटेड च्याम्पियन

काठमाडौं । पिस युनाइटेडले पारा राष्ट्रिय खेलकुद अन्तर्गत एम्पुटी राष्ट्रिय पुरुष फुटबल प्रतियोगिताको उपाधि शनिबार जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनलमा पिसले एक्स आर्मीलाई २–१ गोलले पराजित ग¥यो । पिसका सुजन कार्की र सुदीप चापागाईंले गोल गरे । आर्मीका राजु श्रेष्ठले सान्त्वना गोल फर्काए ।

एम्पुटी खेलकुद समाजको तत्वावधानमा राष्ट्रिय खेलकुद परिषद्द्वारा आयोजित प्रतियोगितामा पिसका सुदीप उत्कृष्ट खेलाडी चुनिए । उनले प्रतियोगिता अवधिभर ५ गोल गरे । प्रतियोगितामा ब्लायक हक तेश्रो भयो ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.