एलेक्सिस म्याकअलिस्टर लिभरपुलमा आवद्ध
काठमाडौंँ । अर्जेन्टिनालाई विश्वकप जिताउन महत्वपूर्ण भूमिका खेलेका एलेक्सिस म्याकअलिस्टर लिभरपुल एफसीमा आवद्ध भएका छन् । अलिस्टरले लिभरपुलमा आबद्ध हुनुलाई "सपना साकार भएको" बताएका छन। लिभरपुल क्लबले आफ्नो आधिकारिक वेबसाइटमा सम्झौताको पुष्टि गरेको छ।
सम्झौता लामो समयका लागि भएको क्लबले जनाएको छ । लिभरपुल एफसीसँग यो सम्झौता ३५ मिलियन पाउण्डमा भएको हो । लिभरपुल एफसीसँग कुराकानी गर्दै, २४ वर्षीय एलेक्सिस म्याकअलिस्टरले भने, 'अचम्म लागेको छ, मेरो सपना साकार भएको छ। म मेरा सहकर्मीहरूलाई भेट्न उत्सुक छु।'
गत डिसेम्बरमा मात्रै उनले अर्जेन्टिनालाई कतारमा भएको विश्वकपमा शानदार जित दिलाएका थिए। प्रभावशाली जितपछि, म्याकअलिस्टरको एनफिल्डमा आगमनले ब्राइटनसँगको प्रभावशाली कार्यकाल पछ्याएको छ। यसबाहेक लिभरपुल एफसीले टोलीलाई बलियो बनाएको दाबी गरेको छ । म्याकअलिस्टर लिभरपुलको प्रतिनिधित्व गर्ने सातौं अर्जेन्टिनी खेलाडी हुनेछन्।

टिप्पणी लेख्नुहोस्