लेख विवरण

एसइइ कप छात्र फुटसलमा प्रगति र पिनाकलको विजयी सुरुआत

एसइइ कप छात्र फुटसलमा प्रगति र पिनाकलको विजयी सुरुआत

काठमाडौं । प्रगति र पिनाकलले प्रथम ब्राइट फ्युचर एसइइ कप छात्र फुटसल प्रतियोगितामा बिहीबार विजयी सुरुआत गरेका छन् ।

ब्राइट फ्युचर सेकेन्डरी स्कुल प्लस टु द्वारा आयोजित प्रतियोगितामा प्रगतिले भ्याली पब्लिकलाई ४–१ तथा पिनाकलले एम्बिसनलाई ६–० गोलले पराजित गर्यो ।

अन्य खेलमा ओरेकल रेले आयोजक ब्राइट फ्युचरलाई ५–०, पाठशालाले हिमालयनलाई २–०, यसश्वीले रिब्सलाई ५–०, एडभान्स इन्टरनेसनल स्कुलले युनाइटेड स्कोलर्स एकेडेमीलाई २–१, नेपाल राष्ट्रियले जेसेसलाई ८–०, ध्रुव ताराले एआई स्कुललाई ११–० तथा प्रारम्भले ग्रान्ड एकेडेमीलाई ४–१ गोलले हराए । बालकुञ्ज र जन उद्धारले १–१ तथा महांकाल र ग्रिन भिलेज फाउन्डेसनले ३–३ को बराबरी खेले ।

प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोइरालाले एक कार्यक्रमबीच उद्घाटन गरे । विजेताले २५ हजार र उपविजेताले १५ हजार नगद पुरस्कार प्राप्त गर्ने ब्राइट फ्युचरका संस्थापक निर्देशक मोहन कार्कीले जनाएका छन् । विधागततर्फ उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट टिम र सर्वाधिक गोलकर्तालाई जनही ५ हजार नगदबाट पुरस्कृत गरिने छ । विजेता टोलीका सदस्य र विधागत उत्कृष्टलाई प्लस २ अध्ययनका लागि पूर्ण छात्रवृत्ति प्रदान गरिने प्लस टुका प्रमुख श्याम महर्जनले जानकारी दिए । २५ टिम सहभागी नकआउट प्रतियोगिताको फाइनल शनिबार हुने छ ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.