एसइइ कप थ्री बाइ थ्री बास्केटबल प्रतियोगिता मंगलबारदेखि
काठमाडौं । ऋत एकेडेमीको आयोजनामा ऋत एसइइ कप थ्री बाइ थ्री बास्केटबल प्रतियोगिता मंगलबारदेखि हुने भएको छ ।
प्रतियोगितामा छात्र ८० र छात्रा तर्फ १६ गरी ९६ टिमको सहभागिता रहने एकेडेमीका प्रमुख कार्यकारी अधिकृत सिद्धार्थ लामाले जनाएका छन् ।
प्रतियोगिताको छात्र÷छात्रा तर्फ समान नगद पुरस्कार राखिएको छ । शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ७ हजार, ५ हजार र ३ हजार ५ सय नगद पुरस्कार पाउने छन् । त्यस बाहेक छात्र÷छात्रा दुवैमा शीर्ष तीन स्थान हात पर्ने प्रत्येक टोलीका खेलाडीलाई छात्रवृत्ति पनि प्रदान गरिने प्रमुख कार्यकारी अधिकृत लामाले जानकारी दिए । ऋतमा प्लस २ अध्ययन गर्न इच्छुकलाई ३० प्रतिशत छात्रवृत्ति प्रदान गरिने छ । ‘मोस्ट भेलुएबल प्लेयर’ लाई पनि सो बराबरको छात्रवृत्ति प्रदान गरिने आयोजकले जनाएको छ ।
नकआउट आधारमा हुने दुईदिने प्रतियोगिताका खेलहरु बसुन्धारास्थित आयोजक ऋतको आफ्नै बास्केटबल कोर्टमा हुनेछ ।

टिप्पणी लेख्नुहोस्