लेख विवरण

एसइइ कप फुटसल : यशस्वी र ग्रिन उपाधिनजिक

एसइइ कप फुटसल : यशस्वी र ग्रिन उपाधिनजिक

काठमाडौं । यशस्वी र ग्रिन भिलेज फाउन्डेसन प्रथम ब्राइट फ्युचर एसइइ कप छात्र फुटसल प्रतियोगितामा फाइनल प्रवेश गरेका छन् ।

ब्राइट फ्युचर सेकेन्डरी स्कुल प्लस टु द्वारा आयोजित प्रतियोगिताको पहिलो सेमिफाइनलमा यशस्वीले ध्रुव तारालाई ४–३ गोलले पराजित ग¥यो । विजेत टोलीका अभिजित राना मगरले २ तथा धननाथ ढुंगेल र निसानराज परियारले १–१ गोल गरे । ध्रुव ताराका रिकेश केसीले २ तथा श्रृजन श्रेष्ठले १ गोल फर्काए ।

अर्को सेमिफाइनलमा ग्रिन भिलेजले नेपाल राष्ट्रिय स्कुललाई टाइब्रेकरमा ४–३ गोलले हरायो । प्रतियोगिताको फाइनल शनिबार हुने छ ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.