एसकेआईए अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा नेपाललाई ७ स्वर्ण
काडमाडौं । भारतको गोवामा भएको एसकेआईए अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा नेपाल ७ स्वर्ण र ३ रजत जित्दै उपविजेता बनेको छ ।
टोली सहभागिताका समन्वयकर्ता सुमन तिम्सिनाका अनुसार राज तामाङ र बृषा गुरुङले २–२ तथा सोनम बोहरा, लक्ष्मण तामाङ र सम्झना चौलागाईंले १–१ स्वर्ण जिते ।
दशरथ तामाङले २ तथा सुशान्त तामाङले १ रजत हात पारे । नोभेम्बर ५ देखि ६ तारिखसम्म भएको प्रतियोगितामा भारत टिम च्याम्पियन बन्यो भने बंगलादेश तेश्रो भयो ।

टिप्पणी लेख्नुहोस्