लेख विवरण

एसियन कप छनोटमा नेपाल इरानसँग भिडदै

एसियन कप छनोटमा नेपाल इरानसँग भिडदै

काठमाडौं । एएफसी यू–१७ महिला एसियन कप छनोट खेलमा नेपाल आज इरानसँग भिड्दै छ । जोर्डनको प्रिन्स मोहमद स्टेडियममा हुने खेल नेपाली समय अनुसार ६ः४५ बजे सुरु हुनेछ ।

प्रतियोगिताको समूह एचमा नेपालसँगै इरान र जोर्डन रहेका छन । नेपालले आफ्नो दोस्रो खेल आउने शुक्रबार आयोजक जोर्डनसँग खेल्नेछ । र समूह विजेता बन्ने टोली छनोटको दोस्रो चरणमा प्रवेश गर्नेछन ।

पहिलो चरणको छनोटमा सहभागी टोलीलाई ८ समूहमा विभाजन गरिएको छ । हरेक समूह्यको विजेता टोली दोस्रो चरणमा पुग्नेछन् । जहाँ ८ टोलीलाई दुई समूहमा विभाजन गरिनेछ र दुवै समूह्यको शीर्ष दुई टोलीले अर्को वर्ष इन्डोनेसियामा हुने एएफसी यू–१७ महिला एसियन कपमा स्थान बनाउनेछ ।

आयोजक इन्डोनेसियासँगै २०१९ मा भएको प्रतियोगिताको विजेता जापान, उप–विजेता उत्तर कोरिया र तेस्रो भएको चिन भने सिधै एएफसी यू–१७ महिला एसियन कपमा छनोट भइसकेका छन् ।

नेपाली टोली

गोलकिपर : सुजाता तामाङ, राधिका ओली, करुणा बुढाथोकी

डिफेन्डर : अञ्जना पुन मगर, सिम्राई राई, रुपा लिम्बु, अमिता भुल, सीता रोकाया, रेणु लिम्बु, दिपा मगर, सुमी हाङ्मा राई

मिडफिल्डर : माया मास्के, झुमा विश्वकर्मा, सुशीला केसी, पुनम चेम्जोङ, भावना परियार, दिलमाया घिसिङ

फरवार्ड : सुक्रिया मिया, लिला चन्द, वर्षा ओली, दीपा रोकाया, सेनु परियार, कविता गुरुङ ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.