लेख विवरण

एसियन सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपका लागि खेलाडी छनोट

एसियन सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपका लागि खेलाडी छनोट

काठमाडौं । नेपाल भलिबल संघ (एनभिए)ले बङ्गबन्धु एसियन यु–२३ सेन्ट्रल एसियन जोन पुरुष भलिबल च्याम्पियनसिपमा सहभागी हुने खेलाडीको खुल्ला छनोट पूरा गरेको छ । 

एनभिएले खुल्ला छनोटबाट बंगलादेशको राजधानी ढाकामा हुने प्रतियोगिताको लागि २० खेलाडी पहिलो चरणमा छनोट गरेको हो । 

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलुकद परिषद् (राखेप) को कभर्डहलमा भएको छनोटमा ८० भन्दा बढि खेलाडीको सहभागीता रहेको थियो । 

एनभिएले देशभरबाट छनोट भएका २० खेलाडीलाई एक महिनाको अभ्यासपछि १४ मा झार्दै राष्ट्रिय टोली निर्माण गर्नेछ । प्रतियोगिता डिसेम्बर २० देखि २६ सम्म सुरु हुँदैछ । 

एसियन भलिबल महासंघको सहयोगमा बंगलादेश भलिबल संघले आयोजना गर्ने प्रतियोगितामा नेपालसँगै अफगानिस्तान, भुटान, भारत, इरान, ताजकिस्तान, कीर्गिस्तान, माल्दिभ्स, पाकिस्तान, श्रीलंका, तुर्कमिनिस्तान उज्वेकिस्तान गरि १२ टोलीलाई सहभागीताको लागि निमन्त्रणा गरिएको छ । यस अघि एनभिएले महिला तथा पुरुष बीच भलिबल छनोट समाप्त गरिसकेको छ । 

छनोट भएका खेलाडीः
धिरोज कुमार बस्नेत, मनिष मानन्धर, रवि केसी, हेमन्त मल्ल, सन्तोष खत्री, प्रेम प्रसाद गौतम, अर्जुन नेपाली, रुपबहादुर गुरुङ, बिष्णु बस्नेत, वेद प्रकाश जोशी, गोविन्द टमाटा, सम्राट भण्डारी, सफल वि।क, सुभास कुँवर, सन्तोष महत्ता, गौरव पाण्डे, तेज नाथ, भिम राज गुरुङ, सुरेन्द्र भाट, विशाल भण्डारी

No photo description available.

टिप्पणी लेख्नुहोस्

Please Login to comment.