लेख विवरण

एसियाली खेलकुदका लागि कबड्डीको तयारी महेन्द्रनगरमा

एसियाली खेलकुदका लागि कबड्डीको तयारी महेन्द्रनगरमा

काठमाडौं । चीनमा आयोजना हुने १९औं एसियाली खेलकुद (एसियाड) का लागि नेपाली कबड्डी खेलाडीको तयारी महेन्द्रनगरमा हुने भएको छ । नेपाली कबड्डी टोलीको महेन्द्रनगरमा मंगलबार देखि एक महिना प्रारम्भिक तयारी गर्नेछ । टोलीलाई सोमबार काठमाडौंमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङले बिदाई गरे ।

बिदाई गर्ने क्रममा सदस्य सचिव घिसिङले यो प्रशिक्षणमात्र नभई बन्द प्रशिक्षणकै प्रकृया भएको बताए। उनले खेलाडीको प्रशिक्षण पोखरामा आयोजना हुने नवौं राष्ट्रिय खेलकुदका लागि सुरुवाती प्रशिक्षण समेत रहेको भन्दै एशियाली खेलकुदको मिति तय नभएता पनि खेलाडीको स्तर बृद्धि गर्न यस कार्यक्रमले सहयोग पुग्ने बताए ।

सोमबार महेन्द्रनगर प्रस्थान गर्ने कबड्डी टोलीमा १५ खेलाडी र चारजना प्रशिक्षक रहेका छन् । नेपालले यसअघिनै १९औं एसियाडमा २३ खेलमा भाग लिने निर्णय गरको छ । जसका लागि राखेपले खेलाडीको प्रारम्भिक बन्द प्रशिक्षण सुरु गरेको छ ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.