एसियाली खेलकुदका लागि प्रिन्स र रसिला छनोट
काठमाडौंँ । नेपालका नम्बर एक ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल र रसिला मर्हजन चीनमा आयोजना हुने १९औं एसियाली खेलकुद (एसियाड) का लागि छनोट भएका छन् ।
नेपाल ब्याडमिन्टन संघले आयोजना गरेको छनोट प्रतियोगिताबाट पुरुषमा दुई र महिलामा दुई खेलाडी एसियाडका लागि छनोट गरेको हो । छनोटमा प्रिन्स र रसिलासहित सुनिल जोशी र जेशिका गुरुङ्ग छनोट भएका हुन् ।
सङ्घले बैकल्पिक खेलाडीमा पुरुषतर्फ बिष्णु कटुवाल र महिलातर्फ अनुमाया राईलाई छनोट गरेको छ । चारै खेलाडी पहिलो पटक एसियाडका लागि छनोट भएका हुन् ।

टिप्पणी लेख्नुहोस्