लेख विवरण

एसियाली खेलकुदमा ११ वर्षपछि क्रिकेट फर्कदै

एसियाली खेलकुदमा ११ वर्षपछि क्रिकेट फर्कदै

काठमाडौं । चीनको सिन्जियाङ प्रान्तको हाङ्झाउ लगायत पाँच शहरमा यस बर्ष सेप्टेम्बर १० देखी २५ सम्म एसियाली खेलकुद आयोजना हुदैछ । प्रतियोगितामा कुल ४० खेलहरूमा ६१ स्पर्धाहरु हुनेछन। जसमा पौडी, आर्चरी, एथलेटिक्स, ब्याडमिन्टन, घोडसवारी, फेन्सिङ, फुटबल, हक्की, जुडो, कबड्डी र ओलम्पिकमा खेलिने अन्य खेलहरू पर्दछन । ओलम्पिक काउन्सिल अफ एसिया (ओसीए)ले अनुमोदन गरेपछि यसपटक ई–स्पोर्ट्स र ब्रेकडान्सिङ खेलहरु पनि प्रतियोगितामा समावेश हुने भएको छ । करिब ११ बर्षपछि एसियाडमा फर्केको टी–२० फर्म्याट क्रिकेटले पनि दर्शकहरुमा उत्साह बढाउने भएको छ ।

१९ औँ संस्करणको एसियाली खेलकुदमा पहिलो पटक ओशिनिया देशका ३ सयभन्दा बढी खेलाडीले प्रतिस्पर्धा गर्ने मौका पाएका छन् । अस्ट्रेलिया र न्युजिल्याण्डका एथलीटहरू सहित ओशिनियाका एथलीटहरूलाई पाँच खेलहरूमा प्रतिस्पर्धा गर्न अनुमति दिइनेछ। ती खेलहरू ट्रायथलन, एथलेटिक्स, उसु, रोलर स्केटिङ र भारोत्तोलन रहेका छन।

सोनी पिक्चरर्स नेटवर्कले यस पटकको एशियाली खेलकुदका लागि विशेष प्रशारण अधिकार प्राप्त गरेको छ। सोनीले एसियाली खेलकुदको प्रत्यक्ष
प्रशारण भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, नेपाल, अफगानिस्तान, भुटान र माल्दिभ्सलगायत उपमहाद्वीपमा आफ्नो खेलकुद च्यानलहरूबाट गर्नेछ। प्रतियोगिताका खेलहरु ओटीटी प्लेटफर्म सोनी लिभमा पनि उपलब्ध हुनेछ।

 

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.