एसिया कपमा छनोट भएका क्रिकेट खेलाडीको विराटनगरमा भव्य सम्मान
विराटनगर । राष्ट्रिय क्रिकेट टिमका खेलाडीलाई विराटनगरमा सम्मानसहित नगर परिक्रमा गराइएको छ ।
एसिया कप छनोटअन्तर्गत भएको लिग टु मा उपाधि विजेता भई एसिया कपमा छनोट भएको टिमलाई उद्योग संगठन मोरङ, मोरङ व्यापार संघ र नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले सम्मानसहित नगर परिक्रमा गराएको हो ।
विराटनगर विमानस्थलबाट राष्ट्रिय टिमका खेलाडीलाई स्वागतसहित विराटनगर परिक्रमा गराएको हो । विमानस्थलमा औधोगिक संस्थाका पदाधिकारी र सर्वसाधारणले राष्ट्रिय खेलाडीहरुलाई स्वागत गरेका छन् ।
खेलाडीहरूलाई कञ्चनबारी चोकबाट र्यालीसहित बरगाछी, तीनपैनी चोक, रोडशेष चोक, महेन्द्र चोक हुँदै पुनः बरगाछीसम्म लगिएको थियो ।
आज साँझ विराटनगरमा रात्रिभोजसहित खेलाडीको सम्मानमा कार्यक्रम गर्ने उद्योग संगठन मोरङले जनाएको छ ।

टिप्पणी लेख्नुहोस्