लेख विवरण

एसिया कप क्रिकेट पाकिस्तान हुने, केही दिनमै औपचारिक घोषणा गर्ने तयारी

एसिया कप क्रिकेट पाकिस्तान हुने, केही दिनमै औपचारिक घोषणा गर्ने तयारी

काठमाडौं । एसिया कप क्रिकेटको आयोजनास्थल निश्चित जस्तै भएको छ । पाकिस्तानमा हुने एसिया कपमा भारत सहभागी नहुने भनेपछि अन्यौलनमा परेको प्रतियोगिता हुने निश्चित भएको छ । 

एसियन क्रिकेट काउन्सिलले एसिया कप पाकिस्तान र श्रीलंका गर्ने लगभग निश्चित जस्तै भइसकेको छ । 

प्रतियोगिताका १३ मध्ये करिब पाँचवटा खेलहरू पाकिस्तानमा र बाँकी खेलहरू श्रीलंका आयोजना हुने गरी समस्या समाधान गरिएको हो । श्रीलंकामा हुने खेलमा भारत सहभागी हुनेछ ।

१ देखि १७ सेप्टेम्बरभित्र हुने प्रतियोगिताबारे एसीसीले केही दिनमै औपचारिक घोषणा गर्ने तयारी गरेको छ । 
 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.