लेख विवरण

एसिया कप छनोटका लागि राष्ट्रिय फुटबल टोलीको घोषणा

एसिया कप छनोटका लागि राष्ट्रिय फुटबल टोलीको घोषणा

काठमाडौ । एएफसी एसिया कप २०२३ को तेस्रो चरणका लागि नियमित कप्तान तथा गोलकिपर किरण चेम्जोङबिनै नेपाली राष्ट्रिय फुटबल टोलीको घोषणा भएको छ । शुक्रबार नेपाली टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले घोषणा गरेको २३ सदस्यीय राष्ट्रिय टिममा नियमित कप्तान किरण पनि अटाएनन् ।

पछिल्लो समय चर्चामा रहेको खेलाडी प्रशिक्षक विवादमा किरणले खेलाडीको पक्षमा आवाज उठाएका थिए । यसैकारण उनलाई टिममा नसमेटिएको बुझिएको छ ।

राष्ट्रिय टोलीका रोहित चन्द, विमल घर्तीमगर, सुजल श्रेष्ठ, अन्जन बिष्टसहित १० सिनियर खेलाडी र होटलको विषयमा विवाद भएपछि प्रशिक्षक अल्मुताइरीले होटल छोड्ने निर्देशन दिएको भन्दै खेलाडीहरूले बन्द प्रशिक्षण छोडेका थिए ।

यस्तै नीरकुमार राई, विकास तामाङ, रोशन राना मगर र शिव गुरुङ पहिलोपटक टोलीमा स्थान बनाएका छन् ।

एसिया कप तेस्रो चरणको छनोटमा समूह ‘ए’ मा रहेको नेपालसँगै जोर्डन, कुवेत र इन्डोनेसिया छन् । नेपालले जुन आठमा जोर्डनविरुद्ध खेल्दै छनोटको सुरुआत गर्नेछ । यस्तै, नेपालले दोस्रो खेलमा कुवेतविरुद्ध जुन ११ मा खेल्दा जुन १४ मा इन्डोनेसियाविरुद्ध अन्तिम खेल खेल्नेछ ।

नेपाली टिमः
गोलकिपरः दीप कार्की, विशाल सुनार, टिकेन्द्रसिंह थापा
रक्षकः विकास खवास, विकास तामाङ, गौतम श्रेष्ठ, राजन गुरुङ, शिव गुरुङ, सुमन अर्याल
मिडफिल्डरः आकास बुढामगर, एरिक बिष्ट, निरकुमार राई, पुजन उपरकोटी, रोशन रानामगर, सन्तोष तामाङ, सेसेहाङ आङदेम्बे, सुनिल बल, सुरजजिउ ठकुरी
फरवार्डः आयुस घलान, दर्शन गुरुङ, जर्जप्रिन्स कार्की, मनिष डांगी र नवयुग श्रेष्ठ ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.