लेख विवरण

एसिया-प्यासिफिक एमेच्योर च्याम्पियनसिपमा कट बनाउने सुभास पहिलो नेपाली गल्फर

एसिया-प्यासिफिक एमेच्योर च्याम्पियनसिपमा कट बनाउने सुभास पहिलो नेपाली गल्फर

काठमाडौं । नेपाल नम्बर एक एमेच्योर गल्फर सुभास तामाङ एसिया-प्यासिफिक एमेच्योर च्याम्पियनसिपमा कट बनाउन सफल भएका छन्। बैंकक स्थित अमाटा स्प्रिङ्ग कन्ट्री क्लबमा सुबाशले दोश्रो दिन २-अण्डर ७०को कार्ड बनाउदै अन्तिम दुई दिनका लागी स्थान सुरक्षित गरे। ३६ होलको समाप्तीमा उनले इभन-पार १४४को स्कोर खडा गरे। एसिया-प्यासिफिक एमेच्योर च्याम्पियनसिपमा सन् २००९ देखि सहभागीता जनाएको नेपालका लागी सुबाशले पहिलो पटक कट बनाएका हुन्।

घरेलु कोर्षमा आयोजना भएको १३औं दक्षिण एशियाली खेलकूदमा‌ दोहोरो स्वर्ण पदक विजेता सुबाषले पहिलो दिन अपेक्षा अनुसार प्रदर्शन गर्न नसकेता पनि दोश्रो राउण्डमा सानदार पुनरागमन गर्दै सम्युक्त ४७औं स्थानमा रहँदै कट बनाउन सफल भएका हुन्। १०औं होलबाट दिनको खेल शुरू गरेका सुबाशले पहिलो दुई होलमा बर्डी प्रहार गर्दै उत्कृष्ट सुरुवात गरे। तर १४औं र १७औं होलमा बोगी खेप्दै उनले फ्रन्ट नाईन ईभन-पार ३६मा सकाए। आफ्नो ब्याक नाईनमा सुबाशले २-अण्डर ३४ खेले। तेश्रो, छैठौं र सातौं होलमा बर्डी खेलेका सुबाशले पाँचौं होलमा एक सट गुमाए।

अर्का नेपाली गल्फर सदभाव आचार्यले दोश्रो दिन तुलनात्मक रुपमा राम्रो खेले पनि कट बनाउन असफल भए। पहिलो दिनको खेलमा अन्तिम दुई होलमा पाँच सट गुमाएका सदभावले आज ३-ओभर ७५ स्कोर गर्दै कूल ९-ओभरको प्रदर्शन गरे। फ्रन्ट नाईन २-ओभर ३८ खेलेका उनले ब्याक नाईनमा एक-ओभर ३७ खेले।

तेश्रो होलमा बर्डी प्रहार गरेका सदभावले चौंथो, आठौं र नवौं होलमा बोगी खेपे। ब्याक नाईनमा आठ होलमा पार बचाउँदा उनले १२औं होलमा बोगी खेपे।
ईभन-पार १४४ सम्म स्कोर‌ गरेका ५५ जनाले कट बनाए। दोश्रो दिन ३-अण्डर ६९ खेलेका चीनीया खेलाडी बो जीन कूल १०-अण्डर १३४ स्कोर सहित अग्रस्थानमा रहेका छन्। उनी थाईल्याण्डका रचानोन चन्तानुवट र कोरियाका वुयुङ्ग चो एक स्ट्रोकले अगाडी छन्। आस्ट्रेलियाका कार्ल भिलिप्स र ह्यारिसन को, जापानका रिउटा सुजुकी, र सिंगापुरका जेम्स लोए ८-अण्डर १३६ सहित सम्युक्त चौंथो स्थानमा छन्।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.