लेख विवरण

एसिया रग्वी सेभेन्स ट्रफीको सेमिफाइनलमा पराजित हुदै नेपाली टोली स्वदेश फर्कियो

एसिया रग्वी सेभेन्स ट्रफीको सेमिफाइनलमा पराजित हुदै नेपाली टोली स्वदेश फर्कियो

काठमाडौं । नेपाल एसिया रग्वी सेभेन्स ट्रफीको सेमिफाइनलबाट बाहिरएको छ । सात राष्ट्र सहभागि रग्वी सेभेनमा नेपाल पाँचौ स्थानका लागि भएको सेमिफाइनलमा नेपाल मंगोलियासँग १०–५ ले पराजित भयो । नेपालले आफुले खेलेको तीन वटौ खेलमा हार खेप्यो ।

इन्डोनेसियाको जकार्तामा भएको प्रतियोगितामा नेपालले समूह ‘ए’ बाट प्रतिस्पर्धा गरेको थियो । नेपालको समूहमा सिंगापुर र आयोजक इन्डोनेसिया रहेका थिए । नेपाल पहिलो खेलमा सिंगापुरसँग ३८–० ले पराजित भएको थियो । दोस्रो खेलमा नेपाल इन्डोनेसियासँग ४३–० ले पराजित भयो ।

पाँचौं स्थानको लागि मंगोलियासँग खेलिएको खेलमा भने नेपालले पाँच स्कोर गर्न सकेको थियो । यस प्रतियोगितामा नेपालसहित भारत, इन्डोनेसिया, सिंगापुर, युएई, मंगोलिया र गुवामले प्रतिस्पर्धा गरेमा थिए । नेपालले चौथो पटक एसिएन रग्वी सेभेनमा भाग लिएको हो । सिंगापुर प्रतियोगितामा च्याम्पियन बन्यो ।

रग्वी सेभेनमा नेपालबाट कप्तान एलिसा थापा, उपकप्तान सिर्जना राई, पञ्चमाया श्रेष्ठ, सावित्री पुर्जा, सविना महर्जन, नानी तामाङ, सुजिना गुरुङ, मनीषा थापामगर, अप्सरा कार्की, विशाका राई, सर्मिला राई र अपना पौडेलले भाग लिएका थिए । नेपाली टोली सोमबार स्वदेश फर्किएको छ ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.