एसिसी टि–२० इमर्जिङ एसिया कपमा नेपालले टस जितेर बलिङ गर्दै
काठमाडौंँ । हङकङमा सोमवारबाट सुरु भएको एसिसी वुमन्स टि–२० इमर्जिङ टिम्स एसिया कपमा नेपालले आज पहिलो खेल खेल्दैछ । प्रतियोगितामा नेपालले पाकिस्तान 'ए' को सामना गर्दैछ ।
मोङकक मैदानमा हुने खेलमा नेपालले टस जितेर पाकिस्तान बिरुद्ध पहिले फिल्डीङ गर्दैछ । पाकिस्तानले टस हारेर ब्याटिङ गर्दैछ ।
एशियन क्रिकेट काउन्सिलले आयोजना गरेको प्रतियोगितामा नेपाल, हङकङ, भारत 'ए', पाकिस्तान 'ए', बङलादेश 'ए', श्रीलंका 'ए', युएई र मलेसियाको टोलीले सहभागिता जनाएका छन् । थाईल्यान्डले भिसाको कारण नाम फिर्ता लिएपछि नेपालले सहभागिता जनाउने अवसर पाएको हो ।
नियमित कप्तान रुबीना क्षेत्रीको नेतृत्वमा हङकङ पुगेको नेपाली टोलीमा सिता राना मगर, ईन्दु बर्मा, कबिता कुँवर, बिन्दु रावल, ज्योती पाण्डे, सम्झना कुमारी खड्का, काजल श्रेष्ठ, कृतिका मरासैनी, सरस्वती कुमारी चौधरी, अस्मिना कर्माचार्य, ईश्वरी बिष्ट, अप्सरी बेगम र कबिता जोशी रहेका छन् ।

टिप्पणी लेख्नुहोस्