लेख विवरण

एसिसी प्रिमियर कपका लागि ओमानको टोली घोषणा

एसिसी प्रिमियर कपका लागि ओमानको टोली घोषणा

काठमाडौं । नेपालमा हुने एसीसी प्रिमियर कपका लागि ओमानले १४ सदस्यीय टोली घोषणा गरेको छ । ओमानले आइतबार जिसान मक्सुदको कप्तानीमा टोली घोषणा गरेको हो।

ओमानले घोषणा गरेको टोलीमा जिसान मक्सुद (कप्तान), शोएब खान, बिलाल खान, अकिब इलियास, कश्यप प्रजापति, अदिल शफिक, अयान खान, मोहम्मद नदीम, सन्दीप गौड, जतिन्द्र सिंह, फयाज बट, नसीम खुसी, कलीमुल्लाह र जय ओडेडेरा रहेका छन ।

एसीसी प्रिमियर कप अप्रिल १८ देखी मे १ सम्म नेपालमा हुँदैछ । प्रतियोगितामा आयोजक नेपालसँगै ओमान, युएई, हङकङ, साउदी अरब, कतार, मलेसिया, कुवेत, सिङापुर र बहराइनले सहभागिता जनाउने भएका छन ।

प्रतियोगिताको उपाधि जित्ने टोलीले सेप्टेम्बर २०२३ मा हुने एसिया कपमा स्थान बनाउने छ । एसिया कपमा भारत, पाकिस्तान, श्रीलंका, बङलादेश र अफगानिस्तानका टोली रहेका छन ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.