लेख विवरण

एसिसी प्रिमियर कपका लागि कुवेतको टोली घोषणा

एसिसी प्रिमियर कपका लागि कुवेतको टोली घोषणा

काठमाडौं । नेपालमा हुने एसीसी प्रिमियर कपका लागि कुवेतले टोली घोषणा गरेको छ । मोहम्मद असलमको कप्तानीमा कुवेतले शुक्रवार १४ सदस्यीय टोली घोषणा गरेको हो ।

घोषणा गरिएको टोलीमा मोहम्मद असलम (कप्तान), इलियास अहमद, मोहम्मद अमिन, मिट भावसार (विकेट–किपर), अदनान इद्रिस, शिराज खान, परविन्दर कुमा, सैयद मोनिब, उस्मान पटेल ((विकेट–किपर), यासिन पटेल, शाहरुख कुद्दुस, रविजा सन्दारुवान, बिलाल ताहिर र क्लिन्टो वेल्डोकारान्तो रहेका छन ।

प्रतियोगितामा कुवेतले आफ्नो पहिलो खेल अप्रिल १९ मा युएईसँग खेल्नेछ । खेल टियु क्रिकेट मैदानमा हुनेछ ।

एसीसी प्रिमियर कप अप्रिल १८ देखी मे १ सम्म नेपालमा हुँदैछ । प्रतियोगितामा आयोजक नेपालसँगै ओमान, युएई, हङकङ, साउदी अरब, कतार, मलेसिया, कुवेत, सिङापुर र बहराइनले सहभागिता जनाएका छन ।

प्रतियोगिताको उपाधि जित्ने टोलीले सेप्टेम्बर २०२३ मा हुने एसिया कपमा स्थान बनाउने छ । एसिया कपमा भारत, पाकिस्तान, श्रीलंका, बङलादेश र अफगानिस्तानका टोली रहेका छन ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.