लेख विवरण

एसिसी प्रिमियर कपका लागि बहराइनको टोली घोषणा

एसिसी प्रिमियर कपका लागि बहराइनको टोली घोषणा

काठमाडौं । नेपालमा हुने एसीसी प्रिमियर कपका लागि बहराइनले १४ सदस्यीय टोली घोषणा गरेको छ ।

बहराइनले घोषणा गरेको टोलीमा फियाज अहमद, सोहेल अहमद, वसीक अहमद, इमरान अनवर, माजिद बब्बासी, शाहबाज बदर (विकेटकिपर), हैदर बट, रिजवान बट, अली दाउद, डेभिड म्याथियास, जुनैद नियाजी, साई सार्थक, साथैया वीरपाथिरान र मोहम्मद युनिस रहेका छन । अतिरिक्त खेलाडीमा अहमर, जिशान, सरफराज अली र यासिर रहेका छन ।

प्रतियोगितामा बहराइनले आफ्नो पहिलो खेल अप्रिल २० मा सिङापुर बिरुद्ध खेल्नेछ । खेल टियु अन्तराष्ट्रिय क्रिकेट मैदानमा हुनेछ ।

एसीसी प्रिमियर कप अप्रिल १८ देखी मे १ सम्म नेपालमा हुँदैछ । प्रतियोगितामा आयोजक नेपालसँगै ओमान, युएई, हङकङ, साउदी अरब, कतार, मलेसिया, कुवेत, सिङापुर र बहराइनले सहभागिता जनाउने भएका छन ।

प्रतियोगिताको उपाधि जित्ने टोलीले सेप्टेम्बर २०२३ मा हुने एसिया कपमा स्थान बनाउने छ । एसिया कपमा भारत, पाकिस्तान, श्रीलंका, बङलादेश र अफगानिस्तानका टोली रहेका छन ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.