एसिसी प्रिमियर कपका लागि मलेसियाको टोली घोषणा
काठमाडौं । नेपालमा हुने एसीसी प्रिमियर कपका लागि मलेसियाले टोली घोषणा गरेको छ । अहमद फैजको कप्तानीमा मलेसियाले मंगलवार (आज) १४ सदस्यीय टोली घोषणा गरेको हो ।
घोषणा गरिएको टोलीमा अहमद फैज (कप्तान), विरनदीप सिंह (उप–कप्तान), खिजर हयात, सय्यद अजिज सैयद मुबारक, शर्विन मुनिन्दी, आमिर अजीम, फित्री शम, विजय उन्नी, अनवर रहमान, नजरिल रहमान, वान मुहम्मद आजम, वफिक इराफान, सहदात रमिल र रिजवान हैदर रहेका छन ।
प्रतियोगितामा मलेसियाले आफ्नो पहिलो खेल अप्रिल १८ मा नेपालसँग खेल्नेछ । खेल टियु अन्तराष्ट्रिय क्रिकेट मैदानमा हुनेछ ।
एसीसी प्रिमियर कप अप्रिल १८ देखी मे १ सम्म नेपालमा हुँदैछ । प्रतियोगितामा आयोजक नेपालसँगै ओमान, युएई, हङकङ, साउदी अरब, कतार, मलेसिया, कुवेत, सिङापुर र बहराइनले सहभागिता जनाएका छन ।
प्रतियोगिताको उपाधि जित्ने टोलीले सेप्टेम्बर २०२३ मा हुने एसिया कपमा स्थान बनाउने छ । एसिया कपमा भारत, पाकिस्तान, श्रीलंका, बङलादेश र अफगानिस्तानका टोली रहेका छन ।

टिप्पणी लेख्नुहोस्