लेख विवरण

एसिसी प्रिमियर कपका लागि युएईको टोली घोषणा

एसिसी प्रिमियर कपका लागि युएईको टोली घोषणा

काठमाडौं । नेपालमा हुने एसीसी प्रिमियर कपका लागि युएईले टोली घोषणा गरेको छ । मोहम्मद वसीमको कप्तानीमा युएईले शुक्रवार १४ सदस्यीय टोली घोषणा गरेको हो ।

घोषणा गरिएको टोलीमा मोहम्मद वसीम (कप्तान), वृत्य अरविन्द (विकेट–किपर), बासिल हमिद, आयान अफजल खान, आसिफ खान, मतिउल्लाह खान, जहुर खान, आर्यन लाक्रा, कार्तिक मयप्पन, रोहन मुस्तफा, रमीज शहजाद, संचित शर्मा, जुनैद सिद्दिकी र अंश टण्डन रहेका छन ।

प्रतियोगितामा युएईले आफ्नो पहिलो खेल अप्रिल १९ मा कुवेतसँग खेल्नेछ । खेल टियु क्रिकेट मैदानमा हुनेछ ।

एसीसी प्रिमियर कप अप्रिल १८ देखी मे १ सम्म नेपालमा हुँदैछ । प्रतियोगितामा आयोजक नेपालसँगै ओमान, युएई, हङकङ, साउदी अरब, कतार, मलेसिया, कुवेत, सिङापुर र बहराइनले सहभागिता जनाएका छन ।

प्रतियोगिताको उपाधि जित्ने टोलीले सेप्टेम्बर २०२३ मा हुने एसिया कपमा स्थान बनाउने छ । एसिया कपमा भारत, पाकिस्तान, श्रीलंका, बङलादेश र अफगानिस्तानका टोली रहेका छन ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.