लेख विवरण

एसिसी प्रिमियर कपका लागि सिङापुरको टोली घोषणा

एसिसी प्रिमियर कपका लागि सिङापुरको टोली घोषणा

काठमाडौं । नेपालमा हुने एसीसी प्रिमियर कपका लागि सिङापुरले टोली घोषणा गरेको छ । अरित्रा दत्तको कप्तानीमा सिङापुरले बुधवार (आज) १६ सदस्यीय टोली घोषणा गरेको हो ।

घोषणा गरिएको टोलीमा अरित्रा दत्त (कप्तान), विनोथ बास्करन, अब्दुल रहमान भडेलिया, अद्वित्य भार्गव, सुरेन्द्रन चन्द्रमोहन, अवि दीक्षित, रमेश कालिमुथु, अमर्त्य कौल, विनित मेहता, आर्यन मोदी, प्रशिन परम, अक्षय पुरी, रोहन रंगराजन, मनप्रीत सिंह, सिद्धान्त श्रीकान्त र ओमैदुराई थिलिपन रहेका छन ।

प्रतियोगितामा सिङापुरले आफ्नो पहिलो खेल अप्रिल १८ मा हङकङसँग खेल्नेछ । खेल मुलपानी क्रिकेट मैदानमा हुनेछ ।

एसीसी प्रिमियर कप अप्रिल १८ देखी मे १ सम्म नेपालमा हुँदैछ । प्रतियोगितामा आयोजक नेपालसँगै ओमान, युएई, हङकङ, साउदी अरब, कतार, मलेसिया, कुवेत, सिङापुर र बहराइनले सहभागिता जनाएका छन ।

प्रतियोगिताको उपाधि जित्ने टोलीले सेप्टेम्बर २०२३ मा हुने एसिया कपमा स्थान बनाउने छ । एसिया कपमा भारत, पाकिस्तान, श्रीलंका, बङलादेश र अफगानिस्तानका टोली रहेका छन ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.