एसिसी प्रिमियर कपको सेमिफाइनलमा नेपालले कुवेतलाई दियो २८२ रनको लक्ष्य
काठमाडौंँ । एसिसी प्रिमियर कपको सेमिफाइनलमा नेपालले कुवेतलाई २८२ रनको लक्ष्य दिएको छ । टस हारेर ब्याटिङ गरेको नेपालले ४२ ओभरमा ९ विकेट गुमाएर २८१ रन बनायो । टोलीका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ९४ रनको योगदान दिए । अर्धसतक बनाएका पौडेलले ९५ बलमा ७ र्चौका र ३ छक्का प्रहार गरे । कुशल मल्लले पनि नेपालका लागि अर्धसतक बनाए । ५७ रन बनाएर आउट भएका मल्लले ४ चौंका र ४ छक्का प्रहार गरे । ओपनर कुशल भुर्तेलले (४३), आसिफ शेख (३१), आरिफ शेखले (१९) रन बनाए । सोमपाल कामी १३ रनमा अविजित रहे ।
कुवेतका लागि मोहम्मद असलम अदनान इद्रिसले ३(३ विकेट लिए । याशिन पटेल, सयैद मोनिबले समान एक एक विकेट लिए । २८२ रनको लक्ष्य पाएको कुवेतले केही बेरमा ब्याटिङ गर्दैछ ।

टिप्पणी लेख्नुहोस्