लेख विवरण

एसिसी प्रिमियर कपमा आज दुई खेल हुँदै

एसिसी प्रिमियर कपमा आज दुई खेल हुँदै

काठमाडौं । एसिसी प्रिमियर कप क्रिकेटमा आज दुई खेल हुँदैछन्। 

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा कुबेत र सिंगापुर बीच प्रतिस्पर्धा हुँदैछ भने मुलपानी मैदानमा कतार र मलेसियाका बीचमा हुने भनिएको खेल मैदान भिजेका कारण अहिले सम्म टस भएको छैन ।  

मुलपानी क्रिकेट मैदानमा लगातार वर्षाको कारण खेल हुन नसकेपछि नेपाल र साउदी अरब दुबै टोलीले १ –१ अंक बाँडेका थिए भने पानी परेका कारण हङकङ र बहराइनबीचको खेल रद्द हुन पुगेको थियो । उनीहरुले पनि १–१ अंक बाँडेका छन् ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.