एसिसी प्रिमियर कप : युएईलाई १ सय १७ रनको लक्ष्य
काठमाडौं । एसिसी प्रिमियर कप क्रिकेट अन्तर्गत आज दुई खेल हुँदैछन्।
कीर्तिपुरस्थित खेल मैदानमा ओमान र साउदी अरब बीच, मुलपानी मैदानमा युएई र बहराइनका बीच प्रतिस्पर्धा भइरहेको छ ।
दुवै खेल बिहान पौने ९ बजे सुरु भएको हो।
मुलपानी मैदानमा जारी खेलमा बहराइनले युएईलाई १ सय १७ रनको लक्ष्य दिएको छ ।
टस जितेर ब्याटिङ गरेको बहराइनले ४०.५ ओभरमा अलआउट हुँदै १ सय १६ रन बनाएको छ ।

टिप्पणी लेख्नुहोस्