लेख विवरण

एसिसी प्रिमियर कप : युएईले सिङापुरलाई दियो विशाल लक्ष्य

एसिसी प्रिमियर कप : युएईले सिङापुरलाई दियो विशाल लक्ष्य

काठमाडौं । काठमाडौंमा जारी एसिसी प्रिमियर कपमा युएईले सिङापुरलाई ४ सय ७२ रनको विशाल लक्ष्य लिएको छ । टस जितेर ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरमा अल आउट हुँदै ४ सय ७१ रन बनायो । टोलीका लागि विकेटकिपर वृत्य अरविन्दले सर्वाधिक १ सय ७४ रन बनाए । सतक बनाएका अरविन्दले १ सय ३३ बलमा १७ चौंका र ७ छक्का प्रहार गरे । कप्तान मोहम्मद वसीमले पनि युएईका लागि सतक प्रहार गरे । उनले ८२ बलमा ९ चौंका र १६ छक्काको मद्दतमा १ सय ६० रन बनाए । आयान अफजल खानले ५० बलमा ७४ रन बनाए । उनले ९ चौंका र ३ छक्का प्रहार गरे । आसिफ खानले ११ रन बनाउदा संचित शर्मा १६ रनमा अविजित रहे ।

सिङापुरका लागि बलिङमा अद्वित्य भार्गवले सर्वाधिक ४ विकेट लिए । रमेश कालिमुथुले ३ विकेट लिए । विनोथ बास्करनले २ विकेट लिदा मनप्रीत सिंहको नाममा १ विकेट रह्यो ।

४ सय ७२ रनको विशाल लक्ष्य पाएको सिङापुरले अबको केही बरेमा ब्याटिङ गर्नेछ । लिस्ट ए क्रिकेटमा युएईले बनाएको यो पाचौं सर्वाधिक ठुलो स्कोर हो । लिस्ट ए मा तामिलनाडुले सन् २०२२ मा बेङलुरु विरुद्ध सर्वाधिक स्कोर ५ सय ६ बनाएको किर्तिमान छ ।

मुलपानीमा जारी अर्को खेलमा मलेसियाले ओमानलाई २ सय २८ रनको लक्ष्य दिएको छ ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.