एसिसी वुमन्स टि–२० इमर्जिङ टिम्स एसिया कपका लागि नेपाली टोली घोषणा
काठमाडौंँ । सोमबारदेखि हङकङमा हुने एसिसी वुमन्स टि–२० इमर्जिङ टिम्स एसिया कपका लागि नेपालले १४ सदस्यीय टोली घोषणा गरेको छ । नियमित कप्तान रुबीना क्षेत्रीको नेतृत्वमा घोषणा भएको टोलीमा सिता राना मगर, ईन्दु बर्मा, कबिता कुँवर, बिन्दु रावल, ज्योती पाण्डे, सम्झना कुमारी खड्का, काजल श्रेष्ठ, कृतिका मरासैनी, सरस्वती कुमारी चौधरी, अस्मिना कर्माचार्य, ईश्वरी बिष्ट, अप्सरी बेगम र कबिता जोशी रहेका छन् ।
प्रतियोगितमा आयोजक हङकङसँगै नेपाल, भारत, पाकिस्तान, बङलादेश, श्रीलंका र युएई र मलेसियाको टोलीले सहभागिता जनाउने छन् । नेपालले आफ्नो पहिलो खेल १३ जुनमा पाकिस्तानसँग खेल्नेछ ।
प्रतियोगितामा थाईल्यान्डले भिसाको कारण नाम फिर्ता लिएपछि नेपालले सहभागिता जनाउने अवसर पाएको हो । टेस्ट मान्यता प्राप्त देशहरु भारत, पाकिस्तान, बङलादेश र श्रीलंकाले आफ्नो ए टोली प्रतियोगितामा सहभागिताको लागि पठाउने भएको छ ।


टिप्पणी लेख्नुहोस्