एसिसी वुमन्स टि–२० इमर्जिङ टिम्स एसिया कप : श्रीलंका 'ए' ले युएईलाई हरायो
काठमाडौंँ । हङकङ आजबाट सुरु भएको एसिसी वुमन्स टि–२० इमर्जिङ टिम्स एसिया कपमा श्रीलंका 'ए' ले युएईलाई पराजित गरेको छ । प्रतियोगिताको पहिलो खेलमा श्रीलंका 'ए' ले युएईलाई ३ विकेटले पराजित गरेको हो । मोङकक मैदानमा युएईले दिएको ९६ रनको लक्ष्य श्रीलंकाले १९ ओभर ५ बलमा ७ विकेट गुमाउदै पुरा गर्यो । टोलीको जितमा मधुसिका मेथ्तानन्दले अलराउन्डर प्रदर्शन गरिन् । उनले श्रीलंकाका लागि सर्वाधिक ४ विकेट लिदै अविजित ११ रन बनाइन ।
यसअघि टस जितेर ब्याटिङ गरेको युएईले १९ ओभर ३ बलमा अलआउट हुँदै ९५ रन बनाएको थियो । श्रीलंकाका लागि मधुसिकाले ४ विकेट लिदा मलशा शेहानी र निमाशा मीपेजले समान २–२ विकेट लिए । सत्य सन्दीपनीले १ विकेट लिए । खेलको प्लेयर अफ द म्याच श्रीलंकाकी मधुसिका मेथ्तानन्द भए ।
प्रतियोगिता अन्तर्गत आजको दोस्रो खेलमा मलेसियाले बङलादेश 'ए' को समाना गर्देछ । खेलमा बङलादेश 'ए' ले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको छ ।
एशियन क्रिकेट काउन्सिलले आयोजना गरेको प्रतियोगितामा नेपाल, हङकङ, भारत 'ए', पाकिस्तान 'ए', बङलादेश 'ए', श्रीलंका 'ए', युएई र मलेसियाको टोलीले सहभागिता जनाएका छन् । प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेल १३ जुनमा पाकिस्तान 'ए' सँग खेल्नेछ । थाईल्यान्डले भिसाको कारण नाम फिर्ता लिएपछि नेपालले सहभागिता जनाउने अवसर पाएको हो ।
नियमित कप्तान रुबीना क्षेत्रीको नेतृत्वमा हङकङ पुगेको नेपाली टोलीमा सिता राना मगर, ईन्दु बर्मा, कबिता कुँवर, बिन्दु रावल, ज्योती पाण्डे, सम्झना कुमारी खड्का, काजल श्रेष्ठ, कृतिका मरासैनी, सरस्वती कुमारी चौधरी, अस्मिना कर्माचार्य, ईश्वरी बिष्ट, अप्सरी बेगम र कबिता जोशी रहेका छन् ।

टिप्पणी लेख्नुहोस्