एसीसी प्रिमियर कपका लागि हङकङको टोली घोषणा
काठमाडौं । नेपालमा हुने एसीसी प्रिमियर कपका लागि हङकङले १४ सदस्यीय टोली घोषणा गरेको छ । निजाकत खानको कप्तानीमा बुधवार घोषणा गरिएको टोलीमा एजाज खानले पुनरागमन गरेका छन । स्कट म्याकेचनी औंलाको चोटका कारण टोलीबाट बाहिरिएका छन्।
एसीसी प्रिमियर कपको तयारीका लागि हङकङको टोली बुधवार श्रीलंका प्रस्थान गरेको छ । टोलीले नेपाल आउनुअघि १० दिन श्रीलंकामा अभ्यास गर्नेछ ।
एसीसी प्रिमियर कप अप्रिल १८ देखी मे १ सम्म नेपालमा हुँदैछ । प्रतियोगितामा आयोजक नेपालसँगै ओमान, युएई, हङकङ, साउदी अरब, कतार, मलेसिया, कुवेत, सिङापुर र बहराइनले सहभागिता जनाउने भएका छन ।
प्रतियोगिताको उपाधि जित्ने टोलीले सेप्टेम्बर २०२३ मा हुने एसिया कपमा स्थान बनाउने छ । एसिया कपमा भारत, पाकिस्तान, श्रीलंका, बङलादेश र अफगानिस्तानका टोली रहेका छन ।
एसीसी प्रिमियर कपका लागि हङकङको टोली : निजाकत खान (कप्तान), अदित गोरावरा, एजाज खान, आयुष शुक्ला, अंशुमान रथ, बाबर हयात, एहसान खान, गजानफर मोहम्मद, हारुन अरशद, किञ्चित शाह, नसरुल्ला राणा, शाहिद वासिफ, यासिम मुर्तजा र जिशान अली ।

टिप्पणी लेख्नुहोस्